spot_img
spot_img
spot_img

केरवानी मा.वि स्काउटको २५ जना दिक्षीत

spot_img

देवदह । देवदह स्थित केरवानी मा.विमा रहेको स्काउटका २५ जना बिद्यार्थी दीक्षीत भएका छन् । बुधबार बिद्यालयमा आयोजित दिक्षान्त समारोहमा स्काउटमा रहेका २५ जना गर्ल स्काउटर दिक्षीत भएका हुन् । दिक्षीत भएकाहरु नेपाल स्काउटमा समेत सदस्य बनेका छन् । बोय्ज स्काउटर लाई भने पुन एक कार्यक्रमको आयोजना गरी दिक्षीत गरिने स्काउट मास्टर अर्जुन गौतमले बताएका छन् ।

सो अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र पाण्डेले दिक्षीत भएका सबै बिद्यार्थीलाइ बधाइ तथा शुभकामना दिनुभएको थियो । उहाले स्काउटको महत्त्वको विषयमा चर्चा गर्दैै राष्ट्रको चौतर्फी विकास र व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास गरि सवल तथा सक्षम नागरिक निर्माणका लागि स्काउटको अहम् भूमिका रहने बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट सदस्य हरिकला बस्याल, प्रदेश स्काउट कर्यालयका अधिकृत तारा पुरी, विद्यालयका शिक्षक यज्ञ न्यौपाने लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।

सोही अवसरमा प्रदेश स्काउट कर्यालयका अधिकृत तारा पुरीले स्काउट भनेको के हो? स्काउटका नियम, महत्व र आवश्यकताको बारेमा अभिमुखिकरण समेत गराउनुभएको थियो। यस्तै, बालबालिकालाई आत्मनिर्भर कसरी बनाउने? समस्यासँग जुध्न कसरी सिकाउने? व्यवहारीक सीप कसरी दिने? चरित्रवान् कसरी बनाउने? विषयमा चर्चा गर्नु भएको थियो ।

समारोहमा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, नगर स्काउट समिती सदस्य सुरज भट्टराई, दिल कुमार बिक, स्काउट मास्टरहरु पुजा बोहोरा, तारा चौधरी, पार्वती क्षेत्री, भरत खनाल, प्रभा कार्की, रोभर स्काउटर शिवम घिमिरे लगाएतको उपस्तिथि रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवालीलो स्वागत र स्काउट मास्टर अर्जुन गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img