देवदह । देवदह स्थित देवदह माध्यमिक विद्यालय परिसरमा विहिवार वृक्षारोपण गरिएको छ । देवदह स्काउट दल र विद्यालयको संयुक्त आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा फलफुल तथा फुलका बोट रोपिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न जातका फुल तथा रुखहरू रोपिएको र विद्यालय परिसर सरसफाइ गरेको देवदह मा.विको प्रधानाध्यापक हरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
वृक्षरोपण गर्ने मात्र होइन, त्यसको संरक्षण गर्नु पनि मुख्री दायित्व रहने हुदा विद्यालयमा रहेको स्काउट दलले त्यसको संरक्षण गर्ने स्काउट मास्टर दिल कुमार बिकले बताउनुभयो । उहाले विद्यालय परिसरमा स्काउट गार्डेन गराउने र त्यसमा स्काउट विद्यार्थीले तरकारी तथा सिजन अनुसारका फुलहरु रोप्ने आगामी कार्यक्रम रहेको समेत बताउनुभयो ।
उक्त कार्यक्रममको सहजिरण विद्यालयका शिक्षक सुदिप भुसालले गर्नुभएको थियो ।