देवदह । देवदहमा भैरहेको मेयर कप अन्तर वडा स्तरिय पुरुष फुटवल प्रतियोगिताको चौथो संस्करणको उपाधी देवदह नगरपालिका वडा नम्बर ७ ले उचालेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर ५ लाई पराजित गर्दै वडा नम्बर ७ ले उपाधी रक्षा गरेको हो।
निर्धारित ८० मिनेट र अतिरिक्त स्म्मयमा समेत दुबै टिमबाट गोल हुन नसकेपछि नतिजा ट्राइबेकरबाट निकालिएको थियो। ट्राइबेकरमा वडा नम्बर ५ लाई ७ का विरुद्ध ८ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७ ले उपाधी चुमेको हो।
प्रतियोगितामा सर्बोकृस्ट खेलाडी वडा नम्बर ५ का मनोज गुरुङ, त्यस्तै उत्कृष्ट गोल रक्षक वडा नम्बर ७ सौगात परियार, सर्वाधिक गोलकर्ता वडा नम्बर ११ अर्जुन गुरुङ ३ गोल, बेस्ट डिफेन्स वडा नम्बर ७ बिष्णु प्रसाद विक, म्यान अफ द म्याच वडा नम्बर ७ का प्रदिप राना र उत्कृष्ट मिड फिल्डर वडा नम्बर ५ सन्तोष परियारले प्राप्त गरेका छन् ।
प्रतियोगीतामा प्रथम भएको वडा नम्बर ७ ले नगद ५१ हजार शिल्ड मेडल र प्रमाणपत्र एवं द्वितीय भएको वडा -५ ले नगद ३१ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको नगर खेलकुद विकास समितिले जनाएको छ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलकुदका क्रियाकलापलाई नियमित रुपमा संचालन गरिएको र खेल क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल, शिक्षा शाखा प्रमुख लोकराज पन्थी, नगर प्रबक्ता गणेश डुम्रे, विभिन्न वडाका अध्यक्षहरु, खेलकुद समितिका पदाधिकारीको सहभागीता रेहेको थियो।