spot_img
spot_img
spot_img

देवदहमा तीज क्वीन २०८२: स्थानीय महिलाको प्रतिभा उजागर गर्ने प्रतियोगिता

spot_img

देवदह // नेपाल ब्यूटी प्याराडाइसको आयोजनामा र स्वेच्छा मेकओभरको प्रायोजनमा ‘तीज क्वीन देवदह–२०८२‘ को तेस्रो संस्करण आयोजना हुने भएको छ। बुधबार पाठक फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अन्जु श्रेष्ठले प्रतियोगिता साउन १७ गतेदेखि सुरु भई भदौको पहिलो साता सम्पन्न हुने जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतियोगिताको उद्देश्य देवदह क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय महिला तथा युवतीमा लुकेको प्रतिभा उजागर गर्नु हो। उहाँले भन्नुभयो, “हामीले यो प्रतियोगिता तडकभडक रहित ढंगले, सरल पहिरनमा सांस्कृतिक झल्को दिने शैलीमा आयोजना गर्दैछौं।”

प्रतियोगितामा सुन्दरतासँगै प्रतिभालाई पनि उत्तिकै प्राथमिकता दिइनेछ। त्यसअनुसार ‘मस्ट ट्यालेन्ट’, ‘पब्लिक च्वाइस’, ‘बेस्ट ड्रेस’ जस्ता शीर्षकमा प्रतिस्पर्धा गरिनेछ। प्रतियोगिता कुल चार चरणमा सम्पन्न हुनेछ – ओपनिङ डान्स, परिचय राउन्ड, फेसन शो, र फाइनल राउन्ड। प्रतियोगिताको विजेताले नगद १० हजार रुपैयाँ र ‘तीज क्वीन २०८२’ को ताज प्राप्त गर्नेछिन्। फस्ट रनरअपले ७ हजार र सेकेन्ड रनरअपले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसपटकको तीज क्वीनका लागि हालसम्म १० जनाको आवेदन प्राप्त भइसकेको छ। तीज क्वीन देवदहको कोरियोग्राफरका रूपमा सृष्टि शाक्यले सहभागीहरूलाई प्रशिक्षण दिनुहुनेछ। प्रतियोगितामा सहभागी हुनका लागि प्रवेश शुल्क ५०० रुपैयाँ र तालिम खर्च ३५०० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च ३ लाख ६५ हजार रुपैयाँ रहेको जनाईएको छ। साथै, यो संस्करणको विजेतालाई स्वेच्छा मेकओभरले निशुल्क रुपमा प्रोफेसनल मेकअप कोर्स प्रदान गर्ने छ । प्रतियोगिताको पहिलो संस्करणमा कमला अर्याल र दोस्रो संस्करणमा सृजना श्रेष्ठ तीज क्वीन बन्न सफल भएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img