spot_img
spot_img
spot_img

देवदहमा एडिबी को सहयोगमा निर्माण हुँदै गरेका आयोजनाहरुको रिभ्यू मिसन सम्पन्न

spot_img

देवदह // देवदह नगरपालिकामा एशियालि विका बैंक (एडिबि) को सहयोगमा संचालित सहरी विकास तथा जिवनयापन सुधार आयोजना (URLIP) अन्तर्गत निर्माण हुने प्रथम चरणका आयोजनाहरुको रिभ्यू मिसन सम्पन्न गरेको छ । उक्त रिभ्यू मिसनमा ADB का लागि नेपालका प्रमुख प्रतिनिधि नरेश गरी, आयोजना समन्वय कार्यलयबाट कल्पना देवी शाक्य, नगर विकास कोष बाट नविन तिवारी, परामर्शदाताको प्रतिनिधीहरु, नगर प्रमुख, नगर उप प्रमुख तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले संचालन हुन गई रेहेका योजनाहरु देवदहको लागि गौरवको विषय रेहेको र समयभित्रै सम्पन्न गर्ने गरि आफुले कदम चाल्ने बताउनु भयो। साथै नगर प्रमुख खरेलले योजनाहरु संचालका क्रममा सकेसम्म समस्या आउनै नदिने र यदि आईहालेमा नगरपालिका स्तरबाटै तदारुक्ताका साथ समाधान खोजिने बताउनुभयो।

कार्यक्रमको सुरुवात नगर उप प्रमुख विद्याक्ष्मी गुरुङ्ग ज्यूको स्वागत बाट भएको थियो भने उपप्रमुख गुरुङ्गले आयोजनाले देवदहको विकासको लागि कोशेढुङ्गा सावित हुने र देवदहको पूर्वाधारहरुको मात्र नभई दलित, महिला, पिछडिएका समुदाय र समग्र देवदहबासीहरु जिवनस्तर सुधार हुने बताउनुभयो। साथै उपप्रमुख गुरुङ्गले घटीघटाउबाट बचेको रकम बारे समेत जिज्ञासा राख्नुभएको थियो।

रिभ्यू मिसन अन्तर्गत हालसम्मको योजनाहरु कार्यन्वयनको प्रगति, समस्याहरु र आगामी कार्ययोजना लगायत विषयमा प्रतुतिकरण आयोजना कार्यन्वय ईकाईका प्रमुख राजकुमार यादवले राख्नुएको थियो। साथै मिसन टोलीले प्रथम चरणमा निर्माण हुने ३ वटा सडक र TYPE B अन्तर्गत प्रस्तावित बुद्धमाया अन्तराष्ट्रिय उध्ययनको स्थलगत आवलोकन समेत गरेको थियो ।

देवदह नगरपालिकाको गौरवका आयोजना अन्तर्गत विभिन्न सहरी पूर्वाधार निर्माण कार्य तिव्र गतिमा अगाडी बढीरहेको जनाईएको छ। यस्ता आयोजनाबाट नगरबासीलाई थप सुविधा हुने समेत विश्वास लिइएको छ। कार्यक्रम नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा सम्पन्न भएको थियो भने कार्यक्रमको आयोजना आयोजना कर्यन्वयव ईकाई, देवदह नगरपालिकाले गरेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
1
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img