spot_img
spot_img
spot_img

तीज क्वीन देवदहको तेस्रो संस्करण सुरु

spot_img

देवदह । नेपाल ब्यूटी प्याराडाइसको आयोजनामा र स्वेच्छा मेकओभरको सहकार्य तथा प्रायोजनमा ‘तीज क्वीन देवदह’ को तेस्रो संस्करण सुरु भएको छ। शनिवार एक कार्यक्रम बीच प्रतियोगिता सुरु भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता आगामी भदौको ३ गते सम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रम संयोजक अन्जु श्रेष्ठका अनुसार यसअघि सफलतापूर्वक सम्पन्न दुई संस्करणपछिको यो तेस्रो संस्करण हो। तीज नेपालीहरूको मौलिक पर्व भएकाले यस प्रतियोगितालाई तडकभडक रहित ढंगले, सरल पहिरनमा सांस्कृतिक झल्को दिने शैलीमा सञ्चालन गरिने जानकारी दिइएको छ।

प्रतियोगिताको उद्देश्य देवदह क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय महिला तथा युवतीमा लुकेको प्रतिभा उजागर गर्नु रहेको छ। श्रेष्ठले भनिन्, “हामीले प्रतियोगितामा सुन्दरतालाई मात्र नभई प्रतिभालाई पनि प्राथमिकता दिएका छौं।” यस प्रतियोगिता चार चरणमा सम्पन्न हुनेछ – ओपनिङ डान्स, परिचय राउन्ड, फेसन शो, र फाइनल राउन्ड। सहभागीहरूले ‘मस्ट ट्यालेन्ट’, ‘पब्लिक च्वाइस’, ‘बेस्ट ड्रेस’ जस्ता उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको अन्तिम विजेताले नगद १० हजार रुपैयाँसहित ‘तीज क्वीन २०८२’ को ताज प्राप्त गर्नेछिन्। फस्ट रनरअपले ७ हजार र सेकेन्ड रनरअपले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यस वर्ष प्रतियोगितामा १० जना महिला सहभागी छन्। प्रतियोगितामा भाग लिन प्रत्येक प्रतिस्पर्धीले प्रवेश शुल्क पाच सय रुपैयाँ र तालिम शुल्क ३ हजार पाच सय  रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगीहरूलाई प्रशिक्षण दिन कोरियोग्राफर सृष्टि शाक्यले जिम्मेवारी सम्हाल्नेछिन्। उनले सहभागीहरूलाई स्टेज प्रस्तुति, मोडलिङ र आत्मविश्वास सम्बन्धी सीप प्रदान गर्नेछिन्। यसअघि सम्पन्न पहिलो संस्करणमा कमला अर्याल र दोस्रो संस्करणमा सिर्जना श्रेष्ठ ‘तीज क्वीन देवदह’ बन्न सफल भएका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
1
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img