spot_img
spot_img
spot_img

देवदहमा वृहत् आँखा शिविर सम्पन्न — ११ सय बढी लाभान्वित

spot_img

देवदह। लायन्स क्लव अफ देवदह युनाइटेडको आयोजनामा तथा लायन्स आँखा अस्पताल बुटवल र लायन्स आँखा अस्पताल देवदहको प्राविधिक सहयोगमा देवदह–२ स्थित सेवेनस्टार इङ्लिस बोर्डिङ स्कुलमा एक दिवसीय वृहत् आँखा शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा विद्यालयका १०५० जना विद्यार्थी र ५८ जना अभिभावकले आँखासम्बन्धी सेवा प्राप्त गरेका थिए। शिविरको क्रममा दृष्टि समस्याबाट प्रभावित २३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने एक जनालाई विशेष छुटका साथ लायन्स आँखा अस्पताल बुटवलमा उपचारका लागि सिफारिस गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिएटि कोर्डिनेटर विष्णु प्रसाद पौडल, विशिष्ट अतिथि वडा नं २ का वडा अध्यक्ष दलबहादुर रास्कोटी र डिष्ट्रिक एडभाइजर रामबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। क्लवका सचिव प्रविण गौडेलले कार्यक्रम संचालन गरेका थिए भने गणेश सापकोटाको अध्यक्षता, टिकाराम चापागाईको स्वागत मन्तव्य र माधव आचार्यको धन्यवाद मन्तव्य रहेको थियो।

लायन्स क्लव अफ देवदह युनाइटेडले दृष्टि परीक्षण र आँखाको उपचारमा सबैका लागि पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। यस प्रकारको कार्यक्रमले समुदायमा आँखाको स्वास्थ्यप्रति चेतना अभिवृद्धि गराउनुका साथै आवश्यक सेवामा सहज पहुँच पुर्‍याउने विश्वास लिइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img