spot_img
spot_img
spot_img

देवदहको ग्रीनप्लान्ट ई. बो. स्कुलद्वारा व्यवस्थापन संकायमा देशकै उच्चतम ३.९५ जिपिए प्राप्त

spot_img

देवदह ।। रुपन्देहीको देवदह ७ मा अवस्थित ग्रीनप्लान्ट ई. बो. स्कुलले हालै प्रकाशित कक्षा १२ को नतिजामा व्यवस्थापन संकायतर्फ देशभरकै उच्चतम नतिजा ल्याएको दाबी गरेको छ।

विद्यालयका अनुसार उक्त संकायका स्वस्तिका गोतामेले ३.९५ जिपिए हासिल गरेकी छन् , जुन व्यवस्थापन संकायतर्फ हालसम्मकै उच्चतम देखिएको छ। विज्ञान संकायमा देशभरबाट अधिकतम ३.९६ जिपिए प्राप्त भए पनि व्यवस्थापनतर्फ ३.९५ जिपिए नै शीर्षमा रहेको विद्यालयको दाबी छ।

बुधबार विद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल राजीव सापकोटाले विद्यालयले २०६४ सालदेखि प्लस टु (+२) तहको कक्षा सञ्चालन गर्दै आएको छ । हाल प्रत्येक वर्ष करिब २०० जना विद्यार्थीहरू +२ मा भर्ना भइ अध्ययन गर्दै आएको बाताउनुभयो । उहाले कक्षा ८ मा समेत विद्यालयले नगरपालिका स्तरमा प्रथम स्थान प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाले विद्यार्थीहरूलाई पढाइमा कुनै कमी नगरिएको बताउदै विद्यार्थीहरुले एस.ई.ई. मा प्राप्त गरेको जिपिएभन्दा +२ मा अझ उत्कृष्ट जिपिए ल्याएको बताउनुभयो ।

सोही अवसरमा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेले विद्यालय देवदहकै पुरानो र संस्थागत तर्फ अग्रणी शैक्षिक संस्था भएको उल्लेख गर्नुभयो ।

यसैगरी विद्यालयका अध्यक्ष विष्णु पोख्रेलले यो उपलब्धिलाई विद्यालयको शिक्षण परम्परा, विद्यार्थीको लगनशीलता, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथको प्रतिफल भएको बताउनुभयो ।

यस वर्ष विद्यालयबाट १८३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ११३ जना उत्तीर्ण भई ६१.७५ प्रतिशत नतिजा हासिल गरेका छन्। तीमध्ये ३.६० देखि ४.०० जिपिए ल्याउने ११ जना, ३.२० देखि ३.६० ल्याउने २९ जना, २.८० देखि ३.२० ल्याउने ४१ जना र २.४० देखि २.८० ल्याउने ३२ जना रहेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
1
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img