spot_img
spot_img
spot_img

ग्रिन प्लान्टमा नाटक प्रदर्शन, कविता र सदनगत भजन प्रतियोगिता सम्पन्न

spot_img

रुपन्देहीको देवदह–०७, ग्रिन प्लान्ट आवासीय मा.वि.मा बिहीबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित उक्त कार्यक्रममा कक्षा मन्टेश्वरीदेखि एकसम्म ‘जन्माष्टमी विशेष प्रदर्शनी’, कक्षा २ देखि ५ सम्म ‘नेपाली कविता वाचन प्रतियोगिता’ र कक्षा ६ देखि ९ सम्म ‘सदनगत भजन प्रतियोगिता’ सम्पन्न भएका थिए।

सोहि अवसरमा ग्रिन प्लान्ट बाल क्लब, रेड क्रस सर्कल र स्काउटद्वारा ‘जन्मलीला’ विशेष नाटक पनि प्रस्तुत गरियो। नाटकमा १७ जना विद्यार्थी सहभागी रहेका थिए, जसको संयोजन अतिरिक्त क्रियाकलाप शिक्षक समिन गैरेले गरेका थिए।

कविता वाचन प्रतियोगितामा विभिन्न कक्षागत स्तरबाट उत्कृष्ट विद्यार्थीहरू छनोट भएका छन्। कक्षा २ तर्फ लोटस सेक्सनबाट मिसन परियार, रोजबाट आरुष पौडेल र जस्मिनबाट सान्वी न्यौपाने; कक्षा ३ एभरेस्टबाट अस्मी कँडेल, मकालुबाट साहाना तिवारी, धौलागिरीबाट गुरु देव तिवारी; कक्षा ४ अर्थबाट दर्शना अधिकारी, सनबाट रस्मिता पौडेल, मुनबाट प्रिन्स न्यौपाने; तथा कक्षा ५ मेचीबाट दर्शन अधिकारी, कोशीबाट सचिन पाण्डे र गण्डकीबाट दिप्सन पाण्डे उत्कृष्ट घोषित भएको अतिरिक्त क्रियाकलाप प्रमुख धनमाया शर्माले जानकारी गराउनुभयो ।

भजन प्रतियोगितामा लुम्बिनी सदन प्रथम, धौलागिरी सदन द्वितीय, गण्डकी सदन तृतीय र नारायणी सदनले सान्त्वना स्थान हासिल गरेका थिए । जसको निर्णायकमा कुशल पौडेल, करुणा पौडेल र अनिता अदै रहनुभएको थियो ।

विद्यालयका प्राचार्य राजीव सापकोटाले कार्यक्रमलाई भव्य बनाउन सबै कक्षाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको बताए। विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्न र मौलिक संस्कृति नयाँ पुस्तामा जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमको सञ्चालन ग्रिन प्लान्ट बाल क्लबकी अध्यक्ष प्रकृति न्यौपाने र रेड क्रस सर्कलका अध्यक्ष संजोग थापाले संयुक्त रूपमा गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img