spot_img
spot_img
spot_img

देवदह बुद्ध पब्लिकमा मेहन्दी कला प्रतियोगिता

spot_img

देवदह — देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा मेहन्दी लगाउने प्रतियोगिता सम्पन्न भएको छ । ‘प्रत्येक शुक्रवार विद्यार्थीको प्रतिभासँग’ भन्ने अवधारणा अनुरुप कक्षा ११ र १२ का विद्यार्थीहरुबिच प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रिन्सिपल कृष्णप्रसाद गैरेले श्रावण महिना हरियालीको महिना भएकाले प्राचीनकालदेखि नै हरियो चुरा, पोते र मेहन्दीको विशेष महत्व रहेको स्मरण गराउनुभ्हेको थियो । असार–साउन खेतीपातीको महिना भएकाले कृषकहरूले खेतमा काम गर्दा हात–खुट्टा हिलोबाट जोगाउन प्राकृतिक रंगको प्रयोग गर्ने गरेको र समयक्रमसँगै यो कला स्वरूपमा परिणत भएको उल्लेख गर्दै उनले विद्यार्थीको सिर्जनशीलता उजागर गर्न यस्तो कार्यक्रम उपयोगी हुने बताउनुभयो ।

अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा सम्पन्न कार्यक्रममा सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ, +२ इन्चार्ज अनन्तराम भण्डारी, गीता पौडेल, प्रेम बहादुर खड्का, दुर्गा ढुङ्गाना, नारायण गौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा कक्षा ११ र १२ का १५ समूहको सहभागिता रहेको थियो। विजयीहरूलाई नतिजा प्रकाशनपछि आइतबार बिहानको प्रार्थना सभामा पुरस्कार वितरण गरिने अतिरिक्त क्रियाकलाप प्रमुख मरासिनीले जानकारी दिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img