spot_img
spot_img
spot_img

बुद्ध पब्लिकमा कृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न

spot_img

देवदह । देवदह ५ स्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.ले बिहीबार कृष्ण जन्माष्टमी पर्व विशेष कार्यक्रमका साथ मनाएको छ। विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्दै संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

प्रि–प्राइमरीका विद्यार्थीहरू कृष्णको पोशाकमा सजिएर सुनवलस्थित श्रीकृष्ण मन्दिर भ्रमणमा सहभागी भएका थिए । पूर्व–प्रा.वि.का विद्यार्थीहरूले कृष्ण विषयक वक्तृत्व प्रस्तुत गरे भने मन्दिर भ्रमणपछि धैँटोफोर कार्यक्रम आयोजना गरिएको थियो । प्रा.वि., नि.मा.वि. र मा.वि. तहमा नेपाली शिक्षकहरूले कृष्णको जीवन र शिक्षाबारे प्रवचन दिनुभएको थियो। अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा प्रि–प्राइमरीदेखि माध्यमिक तहसम्म विभिन्न गतिविधि सञ्चालन भएको हो। उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

सो अवसरमा प्रिन्सिपल कृष्णप्रसाद गैरेले वर्तमान पुस्तामा संस्कार र संस्कृतिसँगको सम्बन्ध कमजोर बन्दै गएकाले विद्यार्थीलाई आफ्नै सांस्कृतिक मूल्य र परम्परासँग परिचित गराउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।  कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ, नि.मा.वि. इन्चार्ज अनन्तराम भण्डारी, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा, प्रा.वि. इन्चार्ज अञ्जली वली, पूर्व–प्रा.वि. इन्चार्ज अस्मिता गुरुङ, प्रि–प्राइमरी इन्चार्ज मनमाया रुचाल लगायतका शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।

यसैगरी विद्यालयमा गठित चेस क्लबले तेस्रो चरणसम्म चल्ने चेस प्रतियोगिता सुरु गरेको छ। विजेतालाई क्रमशः प्रथम रु १५००, द्वितीय रु १००० र तृतीय रु ५०० नगद पुरस्कार प्रदान गरिने जानकारी अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img