spot_img
spot_img
spot_img

देवदह बुद्ध पब्लिक आवासीय मा.विमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

spot_img

देवदह । रुपन्देही पूर्वी क्षेत्रको शैक्षिक संस्था देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले कक्षा ७, ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको अध्यक्षता र देवदह नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष गणेशप्रसाद डुम्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डुम्रेले यस किसिमका अभिमुखीकरण कार्लेयक्रमले मानिसको जीवनलाई बदल्न सक्ने बताउनुभयो। उहाँले मानव सेवा आश्रमका अध्यक्षलाई हजारौँ मानवका पिता मानिन्छ र उहाँले दिनुभएको प्रेरणादायी सन्देशले विद्यार्थीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

मानव सेवा आश्रमका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रामजी अधिकारीले जीवन, जगत र सकारात्मक सोचबारे व्यावहारिक तथा रचनात्मक टिप्सहरू प्रदान गर्नुभयो। सो अवसरमा बाबु–आमाको महत्वबारे छोटो डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो। अधिकारीले शिक्षा, मानवता र अभिभावकको महत्वबारे समेत स्पष्ट रूपमा अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी, मानव सेवा आश्रमकी केन्द्रीय सदस्य टिका थापा, विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, शिक्षक मुक्ति विश्वकर्मा, खेल संयोजक बलराम जवाली लगायत कक्षा ७, ८ र ९ का शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सोहि अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रम सहायक प्रिन्सिपल वेद सूर्यवंशीले स्वागत मन्तव्य र अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो  ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img