spot_img
spot_img
spot_img

अन्तर मा.वि स्तरिय तिज गीत प्रतियोगिता सम्पन्न; केरवानी मा.वि प्रथम

spot_img

देवदह । रुपन्देहीको देवदहमा अन्तर माध्यमिक विद्यालयस्तरिय तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत बिहिबार देवदहमा ‘लैङ्िगक समानता हाम्रो चाहाना, समृद्ध नगर हाम्रो सपना विषयक’ तिज गीत प्रतियोगिता सम्पन्न भएको हो।

२१ वटा टिम सहभागी प्रतियोगितामा केरवानी मा.विले प्रथम स्थान हासिल गरेको छ भने जनता मा.विले द्वितीय, देवदह बोर्डिङ ई.बो.स्कुल तृतिय र देवदह मा.वि र महामाया भवानी मा.विले सान्त्वना स्थान हासिल गरेका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार ३ सय ३३, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितीय हुनेलाई २६ हजार ६ सय ६६ नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै तृतिय हुनेलाई २० हजार नगद शिल्ड र प्रमाणपत्र र सान्तवा हुनेलाई ६ हजार ६ सय ६६ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले महिला सशक्तीकरण महिला नेतृत्व विकास र आय आर्जनमा जोड्न सके सभ्य र समृद्द नगर बनाउन सकिने बताउँदै तीज गित प्रतियोगिता मार्फत सचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा मन्तव्य राख्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले महिला लक्ष्यित कार्यक्रमलाई विशेष प्राथमिकता दिएर संचालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

प्रतियोगिताको निर्णायकमा राष्ट्रिय कलाकार नारायण लेकाली, डि.वि गुरुङ र रीता शाही रहनुभएको थियो।
कार्यक्रम देवदह नगरपालिका उपप्रमुख तथा उपप्रमुख संग महिला कार्यक्रमका संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, सदस्य कृष्ण माया रानाको स्वागत र कर्मचारी मन्दिरा अर्याल र शिक्षा अधिकृत पर्शुराम ढकालको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img