रुपन्देहीको देवदह–२ स्थित नमूना एभरग्रीनले तीजको अवसर पारेर विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा तीज गीततर्फ हरियो सदनको समूह प्रथम बनेको थियो जसमा आयुषा गुरुङ, सहनशीला आचार्य, सुस्मिता चालिसे, प्रविन गिरी, वृषिखा राई र समीक्षा थापा रहेका थिए। त्यस्तै पहेंलो सदन द्वितीय र नीलो सदन तृतीय भएका थिए।
नृत्यतर्फ एलकेजी र युकेजी समूहमा कतिन्जेल थापा प्रथम, आर्या सिंजाली द्वितीय र जस्कमिन सुनार तृतीय बने। कक्षा १ र २ तर्फ आर्मित्मा सिँजापति प्रथम, सोना राना द्वितीय तथा रोस्लिन गुरुङ र प्रज्ञा पौडेल तृतीय बनेका थिए। कक्षा ३ र ४ समूहमा यान्सी गुरुङ प्रथम, अंकिता विक द्वितीय र कस्मी थापा तृतीय भएका थिए भने कक्षा ५ देखि ८ सम्ममा समीक्षा थापा (कक्षा ७) प्रथम, अप्सना पन्थ (कक्षा ५) द्वितीय तथा नुराङ सारु, सनिस्ता पाख्रिन र वृषिका राई तृतीय बने।
प्रतियोगितामा शिक्षक अन्जु कुमाल र सुरक्षा अधिकारी निर्णायकको भूमिकामा रहनुभएको थियो। कार्यक्रम नमूना एभरग्रीन बाल क्लबकी अध्यक्ष सबिना सारुको अध्यक्षता, विद्यालयका प्रिन्सिपल कमल पौडेलको प्रमुख आतिथ्यता र लेखापाल स्वस्तिका पाठकको सञ्चालनमा सम्पन्न भएको थियो।




