spot_img
spot_img
spot_img

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहले मनायो १३औं स्थापना दिवस

spot_img

देवदह । रोट्याक क्लब अफ तिलोतमा देवदहले १३ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष डा.बिजय अमगाईको अध्यक्षता र रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष दिपक भट्टराईको प्रमुख आतिथ्यतामा उक्त स्थापना दिवस एक कार्मक्रमका बिच मनाईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले क्लबले सामाजिक सेवा, शैक्षिक गतिविधि, स्वास्थ्य अभियान लगायतका विविध कार्यक्रम मार्फत समाजमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव मात्र नपारी युवाहरू माझ व्यक्तित्व विकास, जिम्मेवारीबोध र नेतृत्व क्षमताको उत्थानमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि यसैलाई निरन्तरता दिँदै समाज परिवर्तनमा सक्षम र जिम्मेवार व्यक्तित्व तयार पार्न क्लब अग्रसर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा देवदहका संस्थापक अध्यक्ष गोपीकृष्ण तिवारी, जेड आर आर आविष्कार पराजुली, पूर्व अध्यक्ष किसु शर्मा, निवर्तमान अध्यक्ष सन्दिप पौडेल, संस्थापक सदस्य घन बहादुर गुरुङ, ओम काफ्ले लगायतले आ- आफ्ना भनाइ राख्नु भएको थियो। सोही अवसरमा संस्थाको स्थापनाकाल देखि यो स्थान सम्म ल्याउन सफल हुनु भएका संस्थापक सदस्यहरू, पूर्व अध्यक्षहरुको सम्मानका साथै नयाँ सदस्यहरुलाई स्वागत समेत सोही अवसरमा गरिएको थियो।

संस्थाका प्रथम उपाध्यक्ष प्रविण गौडेलको स्वागत, उपाध्यक्ष कमल थापाको धन्यवाद ज्ञापन र संस्थाका सचिव कृष्ण थापा दर्लामीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img