spot_img
spot_img
spot_img

देवदह बुद्ध पब्लिकमा “वडा दशैँ विशेष कार्यक्रम” सम्पन्न

spot_img

देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.वि.ले शैक्षिक क्यालेन्डर अनुसार “वडा दशैँ विशेष कार्यक्रम” सम्पन्न गरेको छ । मौलिक चाडपर्व र संस्कृतिलाई विद्यार्थीसमक्ष परिचित गराउने उद्देश्यले विद्यालयले यस प्रकारका कार्यक्रमको आयोजना गर्ने गरेको जनाएको छ ।

सोहि अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले यस्ता कार्यक्रमहरूले विद्यार्थीको कलिलो मस्तिष्कमा आफ्ना चाडपर्व, रीतिरिवाज र संस्कृतिप्रति गहिरो प्रभाव पार्ने कुरा बताउनुभयो । साथै उहाँले बडादशैँ २०८२ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र आपसी भाइचारा बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित सो कार्यक्रम पूर्व प्रा.वि., नर्सरी, यु.के.जी., एल.के.जी. तथा प्रा.वि. कक्षा १, २ र ३ का विद्यार्थीबीच सम्पन्न भएको थियो ।

कार्यक्रममा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले वडादशैँ तथा माता दुर्गाबारे वक्तृत्व प्रस्तुत गरेका थिए । सोही अवसरमा पूर्व प्रा.वि. तर्फ मनमाया रुचाल र प्रा.वि. तर्फ अस्मिता गुरुङ्गले विद्यार्थीहरूलाई विजय र परिवर्तनको प्रतीक रातो टीका, जमरा, शुभकामना कार्ड, दक्षिणा, फलफूल तथा मिठाईसहित शुभ–आशीर्वाद प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व प्रि–प्राइमरी इन्चार्ज मनमाया रुचालले गर्नुभएको थियो भने स्वागत मन्तव्य पूर्व प्रा.वि. इन्चार्ज अस्मिता गुरुङ्गले गर्नुभएको थियो । सञ्चालन शिक्षिका अस्मिता नेपालीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, मा.वि. इन्चार्ज मुक्ति विश्वकर्मा, +२ इन्चार्ज अनन्तराम भण्डारी, प्रा.वि. इन्चार्ज अञ्जना बली लगायत शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img