spot_img
spot_img
spot_img

देवदह प्रिमियर लिग सिजन-२ सुरु: भवानीपुर र खैरेनीको विजयी सुरुवात

spot_img

देवदह । रुपन्देहीको देवदहमा देवदह प्रिमियर लिग(डिपीएल) सिजन-२ सुरु भएको छ । डि–युनिटी युथ क्लबले आयोजना गरेको डिपिएल असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको मंगलबार एक कार्यक्रम बिच देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्रीले उद्घाटन गर्नुभएको हो । देवदह ७ स्थित देवदह क्रिकेट युनिटको ग्राउन्डमा भएको उद्घाटन खेलमा भवानीपुर रोयल्सले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा टटेरा डाईनामाईटलाई २ रनले पराजित गर्दै भवानीपुर रोयल्सले विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङ्ग निम्तो पाएको भवानीपुर रोयल्सले १९ दशमलभ ५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनायो । टिमका लागि आशिष् चौधरीले १७ रन, दिपसन गौतम र शेखर थारुले १०-१० रनको पारी खेलेका थिए । टटेराका लागि विभेस खातिले ३ विकेट, अजाज अहमद, सुरज सारु र विपिन भट्टराईले २-२ विकेट लिए।

८१ रनको लक्ष्यका साथ मैदान उत्रिएको टटेराले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै ७८ रन मात्र बनाए। टिमका लागि डेभिड थापाले १६ रन, अजाज अहमदले १२ रन र रमेश रहुले १० रन बनाए । बलिङतर्फ भवानीपुर रोयल्सका सन्दिप अर्याल, सुन्दर केवट र दुर्गेश यादवले २-२ विकेट लिए। खेलको म्यान अफ द म्याच भवानीपुरका सन्दिप अर्याल भएका थिए ।

यस्तै मंगलबारको दोस्रो खेलमा खैरेनी ग्ल्याडिएटर्स विजयी भएको छ। खैरेनी ग्ल्याडिएटर्सले डिफेन्डिङ च्याम्पियन पाकडी प्यान्थर्स माथि ७ विकेटको जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पाकडी प्यान्थर्सले १८ दशमलव २ ओभरमा अल आउट हुदै ६५ रन बनायो । टिमका लागि संकेत भट्टराईले २३ रन, सुरज चौधरीले १२ रन जोडे भने अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। खैरेनी ग्ल्याडिएटर्सका लागि सुरज गुप्ता र किशोर यादवले ३-३ विकेट र कमल जैसीले २ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको खैरेनी ग्ल्याडिएटर्सले १४ दशमलव १ ओभरमा ३ विकेटको नोक्सानीमा ६६ रन बनाउँदै जित निकाल्यो । टिमको लागि जितमा कमल जैसीले अभिजित २७ रन, प्रेम भुर्तेलले १८ रनको योगदान दिए। बलिङमा पाकडी प्यान्थर्सका रोशन गौतम र विपर्शन केसीले १-१ विकेट लिए । खेलमा खैरेनी ग्ल्याडिएटर्सका कमल जैसी उत्कृष्ट २७ रनको पारी र २ विकेट लिदै प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगिताको दोश्रो दिन भोलि पहिलो खेल शित्तलनगर सुपर स्ट्राईकर्स र टटेरा डाईनामाईट बिच बिहान १० बजे र दोस्रो खेल ढेकावर योद्धा र खैरेनी ग्ल्याडिएटर्स बिच दिउँसो १ बजे हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img