spot_img
spot_img
spot_img

टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

spot_img

आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १४२ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमा समेटियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।

बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिदा नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।

त्यसअघि ओमनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले संयमित ब्याटिङ गरे ।

एकातर्फ लगातार विकेट गैरहेको अवस्थामा कुशलले नेपालको स्कोरलाई माथी उठाए । उनले ५६ बलमा ६६ रनको योगदान दिए ।
१९ औ ओभरमा कुशल भुर्तेलले ३ बलमा ९ रन बनाउदा गुल्शन झाले ३ बलमा ३ छक्काको मद्धतले १८ रन जोडे ।

गुल्सन झाले नेपालको रन स्कोरलाई आक्रमण ब्याटिङ गरेर उकास्ने काम गरे । उनले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए।
ब्याटिङ्ग मध्यम नै रहेपनी बलिङ्ग र फिल्डिङ्ग भने उत्कृष्ठ नै रह्यो ।

बलिङमा कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चन्दमाराले समान २-२ विकेट लिएका थिए । नेपालले अब समूह चरणको अन्तिम खेल शुक्रबार जापानसंग खेल्नेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img