spot_img
spot_img
spot_img

देवदहमा ‘साश्वत मेडिसिन सप्लायर्स’ सञ्चालनमा

spot_img

सुरज भट्टराई,बुटवल। रुपन्देहीको देवदह–५, खैरनी स्थित साश्वत मेडिसिन सप्लायर्स आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रो. सागर कँडेलको पहलमा स्थापित यस मेडिकल सप्लायर्सको शुभारम्भ समारोहमा स्थानीय उद्योगी, व्यापारी, स्वास्थ्यकर्मी र समाजसेवीहरूको उपस्थिती रहेको थियो। संचालक कँडेलका अनुसार कुल ५० लाख बढीको लगानीमा सप्लायर्स संचालन गरिएको हो ।

सोहि अवसरमा बोल्दै प्रो. कँडेलले साश्वत मेडिसिन सप्लायर्सले गुणस्तरीय औषधि तथा स्वास्थ्य सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार स्थानीय तहमा सहज र विश्वासिलो स्वास्थ्य सेवा प्रवाह गर्न यस संस्थाको स्थापना गरिएको हो।

सुभारम्भ समारोहमा उपस्थित सबैले नयाँ मेडिकल सप्लायर्सले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे। साश्वत मेडिसिन सप्लायर्सले विभिन्न कम्पनीका औषधि, भिटामिन, सिरप, ट्याबलेट, इन्जेक्सन तथा अन्य स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img