spot_img
spot_img
spot_img

देवदह प्रिमियर लिग: छैठौं दिनको खेलमा पाकडी र ढेकावरको विजयी

spot_img

देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत आइतबार भएका दुई खेलमा पाकडी प्यान्थर्स र ढेकावर योद्धा विजयी भएका छन्। पहिलो खेलमा पाकडी प्यान्थर्सले शीतलनगर सुपर स्ट्राइगर्सलाई ४ विकेटले हराउँदै सहज जित हात पार्‍यो।

टस जितेर फिल्डिङ रोजेको पाकडीले बलिङमा राम्रो प्रदर्शन गर्दै शीतलनगरलाई १९.५ ओभरमा ९४ रनमै अलआउट गर्‍यो। शीतलनगरका लागि सागर लामिछानेले  ३०, विनोद क्षेत्रीले २९ र सचिन पाण्डेले १० रन योगदान दिए। बलिङमा पाकडीका निश्चल ज्ञवालीले ४ विकेट,  प्रकाश भण्डारी र सङ्केत भट्टराईले ३-३ विकेट लिए।

९५ रनको लक्ष्य पछ्याएको पाकडीले ५ ओभर २ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गर्‍यो। टीमका लागि कप्तान प्रकाश भण्डारीले ३६ बलमा नटआउट ४७ रन बनाए। यसैगरी निश्चल ज्ञवालीले १७ र रोशन गौतमले नटआउट १५ रनको योगदान दिए। शीतलनगरका विनोद क्षेत्रीले २ विकेट लिए भने सागर लामिछाने र मञ्जित हरिजनले समान १-१ विकेट लिएका थिए। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रकाश भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो खेलमा ढेकावर योद्धाले भवानीपुर रोयल्सलाई पराजित गर्दै उत्कृष्ट पुनरागमन गर्‍यो। टस हारेर ब्याटिङमा उत्रिएको ढेकावरले ५ विकेटको क्षतिमा १०२ रन बनायो।
टीमका लागि सम्राट थापाले नटआउट ४८ रन र हिल्सन क्षेत्रीले २७ रन योगदान दिए। बलिङमा भवानीपुरका सन्दीप अर्यालले २ विकेट लिए भने सुन्दर केवट, प्रकाश बराल र डी.के यादवले १-१ विकेट लिएका थिए ।

१०३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भवानीपुर ५२ रनमै अलआउट हुन् पुग्यो। भवानीपुरका लागि प्रकाश बरालले १९ रन बनाए भने अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। ढेकावरका लालबहादुर ठकुरीले ३ विकेट लिए भने सम्राट थापा, हिल्सन क्षेत्री र अजय यादवले समान २-२ विकेट लिए। उक्त खेलमा 
उत्कृष्ट प्रदर्शन गरेका  सम्राट थापा ‘म्यान अफ द म्याच’ घोषित भए।

भोलि (सोमबार) हुने खेलमा खैरेनी ग्लाडियटर्स र टटेरा डाइनामाइट, तथा पाकडी प्यान्थर्स र ढेकावर योद्धाबीच प्रतिस्पर्धा हुने आयोजक डि युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिएका छन्।पहिलो खेल बिहान १० बजे र दोस्रो खेल दिउँसो १ बजे डिसियु क्रिकेट मैदान, शीतलनगरमा हुनेछ।

असोज ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन्।
त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, बलर, म्यान अफ द म्याच र म्यान अफ द सिरिजलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img