spot_img
spot_img
spot_img

वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

spot_img

वर्षाका कारण नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।

विहान देखी परेको वर्षाले दाउन्ने स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो । बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् ।

नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित भएको चक्रवातको प्रभाव परेको छ । जस कारण देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा आज र भोलि शुक्रबार भारी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ । ठूलो वर्षा हुने भएकोले सतर्कता अपनाउन सरोकारवालाहरुले आग्रह गरेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img