spot_img
spot_img
spot_img

देवदह यू–१६ कप क्रिकेट प्रतियोगितामा देवदह र स्टारको विजयी सुरुवात

spot_img

देवदह, रुपन्देही — देवदहमा जारी ‘देवदह यू–१६ कप २०८२’ क्रिकेट प्रतियोगिताको पहिलो दिन देवदह क्रिकेट क्लब र स्टार क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन्। बुधवार भएको उद्घाटन खेलमा देवदह क्रिकेट क्लबले जे.आर. क्रिकेट एकेडेमीलाई ६९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो।

टस जिती पहिलो ब्याटिङको निम्तो पाएको देवदहले ८ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गर्‍यो। देवदहका लागि आयुष पाण्डेले २८, सचिन गिरीले २० र रोहित कुँवरले १९ रनको योगदान दिए। बलिङतर्फ जे.आर. का आयुषले ३ विकेट, कृष्ण पन्थी र विनयले समान २–२ विकेट लिए।

जवाफमा १२६ रनको लक्ष्य पछ्याएको जे.आर. १४.३ ओभरमा ५६ रनमै अलआउट भयो। टिमका प्रशान्तले १३ र विनयले १२ रन जोडे भने अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्। देवदहका रोहित कुँवरले ३ विकेट लिए र म्यान अफ द म्याच घोषित भए।

त्यस्तै दोस्रो खेलमा स्टार क्रिकेट एकेडेमीले नेपथ्य कलेजलाई ९ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको नेपथ्य १६.३ ओभरमा ५७ रनमै समेटियो। नेपथ्यका लक्ष्मण कुमालले १८ रन जोडे। बलिङमा स्टारका अब्राहम अलिले ४ र शुभम खनालले ३ विकेट हात पारे।

५८ रनको सामान्य लक्ष्य पछ्याएको स्टारले १ विकेटको क्षतिमा सहज जित हात पार्‍यो। स्टारका समिर अलिले अविजित ३९ रनको योगदान दिए। खेलमा अब्राहम अलि म्यान अफ द म्याच बने।

सगरमाथा स्कूलको प्रायोजन र देवदह क्रिकेट क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा आठ टिम सहभागी छन्। प्रतियोगिता दुई समूहमा विभाजित छ — समूह ‘ए’ मा देवदह क्रिकेट क्लब, वेस्टर्न क्रिकेट एकेडेमी, जे.आर. क्रिकेट एकेडेमी र एम.एस.एम.टी. एकेडेमी छन् भने समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बुटवल क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी र आर.एम.एल. एकेडेमी रहेका छन्।

प्रतियोगिता आयोजनाको उद्देश्य स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नु र नयाँ प्रतिभा उत्पादन गर्नु रहेको आयोजक क्लबका सुमनराज पाण्डेले बताए। उनका अनुसार पछिल्लो समय देवदहमा क्रिकेटप्रतिको रुचि तीव्र गतिमा बढिरहेको छ।

आयोजक समितिका रोशन गौतमका अनुसार यू–१६ प्रतियोगिताले देवदहमा क्रिकेटको बलियो आधार तयार गर्न मद्दत पुर्‍याउनेछ। उनले हालै सम्पन्न ‘देवदह प्रिमियर लिग (डीपीएल)’ ले देवदहवासीको क्रिकेटप्रतिको चासो अझ बढाएको बताए। प्रतियोगिता यू–१९ खेलाडी सुरज खड्काको संयोजनमा सञ्चालन भइरहेको छ।

विजेता टिमले नगद २५ हजार, उपविजेताले १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img