spot_img
spot_img
spot_img

सगरमाथामा अन्तरसदनात्मक भलिबल प्रतियोगिता सम्पन्न

spot_img

देवदह–७, शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको खेलकुद प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित अन्तरसदनात्मक छात्र तथा छात्रा भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ।

सगरमाथा कलेजको खेलमैदानमा आयोजित समुद्घाटन कार्यक्रममा बोल्दै सह–प्राचार्य प्रदीप अधिकारीले खेलकुद स्वस्थ जीवनको अभिन्न अंग भएकाले विद्यालयले यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले नेपाली मौलिकता बोकेको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रिय स्तरमा उठाउनका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा पनि जोर दिनुभयो।

छात्रतर्फ रेड सदनका सोहन सोमै नेतृत्वको समूह प्रथम बन्न सफल भयो भने एल्लो सदनका कुशल पोखरेलको समूह दोस्रो स्थानमा रह्यो।
त्यसैगरी छात्रातर्फ एल्लो सदनकी प्रेक्षा जी.सी.को समूहले प्रथम स्थान हासिल गर्यो भने ब्लु सदनकी सुचनाको समूह दोस्रो स्थानमा रह्यो।

प्रतियोगितामा शिक्षक उमेश राना र विष्णु कुमारी थापाले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रम सह–प्राचार्य प्रदीप अधिकारीको अध्यक्षता र ई.सी.ए. संयोजक दधिराम ज्ञवालको सञ्चालनमा सम्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img