केशव पराजुली,–देवदह साझेदारी वन उपभोक्ता समुहको ९ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । समुहका अध्यक्ष अकबाल खाँको अध्यक्षतामा तिलोत्तमा ८ स्थित करहिया सामुदायिक वन को सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजनल वन कार्यालय रूपन्देहीका प्रमुख प्रबिण बिडारीले प्राकृतिक श्रोतलाई बोर्डर सम्मका नागरिकले वन पैदावर उपभोग गर्न पाउने गरि साझेदारी बनको अवधारणा आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बरिस्ठ वन अधिकृत बिडारीले समग्र विकासको भावना लिएर ३५ वटै वडाको विकासमा लगाउनु पर्ने बताउनु भयो । बरिस्ठ बन अधिकृत बिडारीले बन संस्कार र संस्कृति सँग जोडिएको हुँदा सबै मिलेर बन जोउनु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै करहिया सामुदायिक वन का अध्यक्ष हरिलाल अर्यालले उजाड भएको स्थानलाई देवदह साझेदारी बन समुहले घना हरियाली वन बनाएको भन्दै समुहलाई सबैले मिलेर सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका बिशिष्ठ अतिथी समेत रहनु भएका अर्यालले बन ऐन नियमको पालना गर्दै उपभोक्ताहरूलाई बन पैदावर उपलब्ध गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा समुहका अध्यक्ष अकबाल खाँले बार्षिक प्रतिवेदने तथा लेखा संयोजक ध्रुव धितालले आर्थिक प्रतिवेदन बाचन गर्नु भएको थियो । समुहका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत तथा कोषाध्यक्ष अर्जुन राज उपाध्यायको संचालनमा भएको कार्यक्रममा सल्लाहकार चेत नारायण कँडेल, उमानाथ कँडेल,सरोज कुमार पाण्डे, फुलमाया राना लगायतले मन्तब्य ब्याक्त गर्नु भएको थियो ।




