spot_img
spot_img
spot_img

देवदह ३ मा वडा स्तरीय खुला क्रिकेट प्रतियोगिता सुरु

spot_img

देवदह। देवदह नगरपालिका–३ मा वडा स्तरीय खुला टेनिस नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्थानीय युवालाई खेलकुदमा सहभागी गराउँदै सशक्त र अनुशासित बनाउने उद्देश्यले देवदह नगरपालिका–३ कार्यालयको आयोजनामा तथा टटेरा डायनामाइट, देवदह–३ को सह–आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन देवदह नगरपालिकाकी उप–प्रमुख विद्या लक्ष्मी गुरुङले गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उप–प्रमुख गुरुङले नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढिरहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ तथा उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो। उहाँले खेलकुद क्षेत्रको विकासलाई सधैं प्राथमिकतामा राख्ने समेत प्रतिवद्धता जनाउनुभयो।

त्यसै अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ अर्यालले युवाहरूलाई खेलसँग जोड्नु आजको आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।

खेल संयोजक सरोज न्यौपानेका अनुसार प्रतियोगितामा देवदहका विभिन्न टोल, क्लब र छिमेकी क्षेत्रका टिमहरू गरी ३२ टिमले सहभागिता जनाएकाछन्। खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियम अनुसार सञ्चालन गरिनेछ। खेल १५ ओभरको हुनेछ र सेमी फईनल र फाईनल खेल टि-20 फर्म्याट अनुसार खेलाइनेछ।

विजेता टिमले रु. ५० हजार तथा उप–विजेताले रु. ३० हजार  सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू सेमराहाना खेलमैदानमा सञ्चालन हुनेछन्।

आज सम्पन्न पहिलो खेलमा ड्रागन टाइगर विरुद्ध देवदह–३ ले उत्कृष्ट प्रदर्शन गर्दै ११९ रनको फराकिलो जित हासिल गर्‍यो। दोस्रो खेलमा जी–९ वारियर्सले तिनाउ क्रिकेट क्लबलाई ११ रनले पराजित गर्दै विजयी भएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img