spot_img
spot_img
spot_img

साना किसान कृषि सहकारी संस्था लिमिटेड, केरवानीको २५औँ वार्षिक साधारण सभा सम्पन्न

spot_img

साना किसान कृषि सहकारी संस्था लिमिटेड, केरवानीको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष दिपक पौडेलको अध्यक्षता र देवदह नगरपालिका वडा नम्वर ३ का अध्यक्ष यज्ञप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्वर ३ का अर्यालले सहकारीमार्फत स्थानीय सदस्यहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन हामी सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाले दीगो विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको समेत बताउनुभयो ।

सोहि अवसरमा साना किसान लघुवित्त वित्तीय संस्थाका वित्तीय सस्था बुटवलका कार्यालय प्रमुख सेरबहादुर चौधरी, जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी, देवदह मेडिकल कलेजका मुक्ति काफ्ले, पल्लबी साकोसका अध्यक्ष मिना श्रेष्ठ, लच्क्षु न्यौपाने लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो ।

सहकारीको आर्थिक वर्ष २०८१/०८२ मा ऋण लागानी १२ करोड ४० लाख ३९ हजार ७ सय ४ रुपैयाँ, बैक मौज्दात १ करोड ५५ लाख ५० हजार ३६ रुपैयाँ, सेयर पूँजी १ करोड ५ लाख ७८ हजार ३ सय र बचत तथा निक्षेप ९ करोड ८ लाख ८६ हजार २ सय २५ रहेको सहकारीले जनाएको छ ।

कार्यक्रममा उच्च माध्यामिक तहमा उत्कृष्ट अंक प्राप्त गर्ने सेयर सदस्यका छोरा छोरीहरु शौरभ शर्मा र कृति ढकाल, अटो चालक, तरकारी खेती, फेन्सी पसल, उत्कृष्ट दैनिक बचतकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाको प्रबन्धक सिता अधिकारेको संचालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img