spot_img
spot_img
spot_img

देवदहमा प्रभावकारी बजार अनुगमन

spot_img

देवदह — रुपन्देहीको देवदह–७ स्थित शितलनगर सोमबारे हातबजारमा देवदह नगरपालिका र सम्बन्धित निकायहरूको समन्वयमा गरिएको आजको अनुगमनमा उपभोक्ता सुरक्षा र खाद्य सामग्रीको गुणस्तरलाई प्राथमिकता दिइएको छ। नियमित अनुगमन अन्तर्गत बजार अनुगमन समितिले विभिन्न तरकारी तथा खाद्य सामग्रीको निरीक्षण गर्दै नमुना परीक्षण गरेको थियो।

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा पठाइएका आठ प्रकारका तरकारी नमूनामध्ये रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ। भैरहवाबाट ल्याइएका रायो सागका नमूनामा ४४.६५३ प्रतिशत कार्वामेट नामक विषादी अवशेष भेटिएको समितिले जनाएको छ, जुन उपभोगका लागि जोखिमपूर्ण मानिने स्तरमा पर्छ।

सरकारी मापदण्ड अनुसार विषादी अवशेष ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतबीच भए केही दिन राखेर उपभोग गर्न सकिन्छ भने ४५ प्रतिशतभन्दा बढी भए उपभोग अयोग्य मानिन्छ। आजको परीक्षणमा भेटिएको परिणामले रायो साग तत्काल उपभोगका लागि असुरक्षित देखिएकाले ४८ घण्टा क्वारेन्टाइनमा राख्न निर्देशन गरिएको वडा अध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक कृष्ण प्रसाद अधिकारीले जानकारी दिए।

अन्य परीक्षण गरिएको काउली, बन्दाकोपी, टमाटर, सिमी लगायतका तरकारी भने सामान्य अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ। अधिकारीका अनुसार खाद्य सुरक्षा सुनिश्चित गर्न बजारबाट संकलित नमूनाहरूलाई द्रुत विश्लेषण प्रयोगशाला पठाई प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने प्रक्रिया अझ कडाइका साथ अघि बढाइएको छ।

व्यवसायीहरूले पनि अनुगमनलाई स्वागत गर्दै ठूलो सप्लायर वा स्रोतहरूलाई समेत समान नियमन र कारबाही गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले भने, “हाम्रै स्तरमा अनुगमन कडा हुन्छ, जुन ठीकै हो। तर बिग्रिएको वा विषादी भेटिएका सामान ल्याउने ठूला सप्लायरहरूलाई पनि समान रूपमा कारबाही गर्नुपर्छ।”

देवदह नगरपालिकाले नियमित बजार अनुगमनले कालोबजारी, म्याद गुज्रिएका तथा बिग्रिएका सामग्रीहरूको बिक्रीजस्ता गतिविधि नियन्त्रणमा आएको बताउँदै सुरक्षित बजार, स्वस्थ उपभोक्ता र व्यवस्थित मूल्य प्रणाली कायम गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img