जनता स्काउट दलको आयोजनामा स्काउट अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। नियमित बैठकका क्रममा विद्यार्थीसामु स्काउटको उद्देश्य, महत्व तथा गतिविधिबारे थप जानकारी प्रदान गर्ने र उनीहरूलाई व्यवहारिक रूपमा प्रशिक्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्काउट माष्टर अनिता बुढाथोकीले जानकारी दिनुभयो।
सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालले स्काउट शिक्षाले विद्यार्थीलाई अनुशासित, उत्तरदायी र समाजसेवी बनाउने उल्लेख गर्दै यसको जीवन उपयोगी पक्षहरूको प्रशंसा गर्नुभयो। उहाँले आफ्नै विद्यार्थी जीवनमा स्काउट शिक्षा लिएको अनुभव सुनाउँदै विद्यालयमा पुनः स्काउट कार्यक्रम सञ्चालन हुन पाउँदा खुशी लागेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका सहायक प्र.अ. विद्या पौडेल, स्काउट मास्टर रबि रेग्मी, स्काउट शिक्षक मुना कुवर, शिक्षक अस्मिता बलाल तथा विद्यायका अन्य शिक्षक, विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
देवदह नगरपालिकाको नगर समिति सदस्य तथा स्काउट माष्टर सुरज भट्टराईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्काउट माष्टर अनिता बुढाथोकीले गर्नुभएको थियो।




