spot_img
spot_img
spot_img

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रस्तरीय २० औँ बार्षिक साधारण सभा एकैदिन सम्पन्न

spot_img

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रय स्तरीय २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको ९ वटै सेवा केन्द्रमा एकैदिन साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष हरि भण्डारीले यस आर्थिक बर्षमा १ हजार ३ सय ७२ जना शेयर सदस्य वृद्धि गरी १९ हजार ५ सय ४९ जना पुर्याउन सफल भएको बताउनु भयो । उहाले संस्थाको कुल शेयर पुजी १३ करोड ४५ लाख, शेयर सदस्यको बचत १ अर्व ६४ करोड २१ लाख, कुल सम्पत्ति तथा दायित्व १ अर्व ९० करोड १२ लाख र ऋण लगानी १ अर्व ४३ करोड ६२ लाख रहेको जनाएको छ । ९ वटै सेवा केन्द्र स्तरीय साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीले शेयर सदस्यलाई नियमित रुपमा सीपमुलक तालिम प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारीले सर्वसाधारणमा बचत गर्नुपर्छ भन्ने भावनाको विकास गराउन सकेको दावी गरेका थिए । शेयर सदस्यका आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकाक्षा पुरा गर्न निरन्तर लाग्न आवश्यक रहेको बताएका थिए । उनीहरुले शेयर सदस्यहरुलाई उत्पादनमा लाग्न आग्रह गरेका थिए ।

यसैगरी खैरेनी सेवा केन्द्रको बार्षिक साधारण सभा संस्थाका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले बार्षिक प्रतिवेदन, लेखा सदस्य कोषबहादुर गुरुङ्गले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार एवं जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपाने, पुर्वसंचालक राजकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य राजन अधिकारीको स्वागत र सेवा केन्द्र ईन्चार्ज मनोज खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी संचालक सदस्य दुर्गादत्त कडेलको अध्यक्षतामा शितलनगर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कडेलले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्य देवीप्रसाद न्यौपाने, हरिप्रसानद ढुंगाना, दुगादत्त शर्मा, डिल्लीराज मरासिनी लगायतले आ-आफ्नो भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य सुकदेव पौडेलको स्वागत र सेवा केन्द्र ईन्चार्ज राजु रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी संस्थाका सचिव कृष्णराज पौडेलको अध्यक्षतामा ढेकावर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा सचिव पौडेलले बार्षिक समग्र प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्ुर्वअध्यक्ष जयकिशन अधिकारी, पुर्व कोषाध्यक्ष जागेश्वर पंगेनी, शेयर सदस्य हेमलाल शर्मा, गीता शर्मा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य सरीमाया गुरुङ्गको स्वागत र सेवा केन्द्र ईन्चार्ज अनुराधा रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी संचालक सदस्य लक्ष्मी सिंग्देलको अध्यक्षतामा रामपुर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सिग्देलले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष भिमप्रसाद गुरुङ्ग, शेयर सदस्य सरिता तामाङ्ग र नारायण वस्यालले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य लोकबहादुर खत्रीको स्वागत र सेवा केन्द्र ईन्चार्ज सपना गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी संचालक सदस्य धनप्रसाद भूषालको अध्यक्षतामा शंकरपुर सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा भूषालले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका पुर्वकोषाध्यक्ष प्रजापति सापकोटाले आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य दुर्गाप्रसाद पाण्डे स्वागत र सेवा केन्द्र ईन्चार्ज हेमा चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी संचालक सदस्य सम्झना दुवेको अध्यक्षतामा घोडाहा सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा डुवेले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, व्यवस्थापक विनोद पराजुली, लेखा सदस्य कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य विष्णुप्रसाद भट्टराईको स्वागत र सेवा केन्द्र ईन्चार्ज अर्चना वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी संचालक सदस्य पिताम्वर खरालको अध्यक्षतामा सियारी सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा खरालले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वरी ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य रोमबहादुर सोमरे र सेवा केन्द्र ईन्चार्ज रेनुका गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी संचालक सदस्य खैराज शर्माको अध्यक्षतामा देउराली सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा शर्माले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार विष्णुप्रसाद पौडेल, पुर्वअध्यक्ष राजुमान गुरुङ्ग, शेयर सदस्य डिल्लीराज भण्डारी, गोमा रिजाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य केशवराज अर्यालको स्वागत र सेवा केन्द्र ईन्चार्ज मुना भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी संचालक सदस्य वावुरा अयार्नलको अध्यक्षतामा भलुही सेवा केन्द्रको बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा अर्यार्लले समग्र बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष रुका सापकोटा, सहव्यवस्थापक बुद्धिसागर अर्याल, पुर्व संचालक खड्कबहादुर क्षेत्री, भलुही खानेपानीका रामप्रसाद सापकोटा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य कल्पाना न्यौपानेको स्वागत सेवा केन्द्र ईन्चार्ज कृष्ण उपाध्यायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बार्षिक साधारण सभामा ६ सय ६२ जना जेष्ठ सदस्य र उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋण कारोवार गर्नेहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img