रुपन्देहीको देवदह–७, शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठन संस्कृति वृद्धि गर्दै प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सिनियर तह कक्षा ४,५ र ६ का बिचमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालयका सहायक प्राचार्य लेखनाथ काफ्लेले यस्ता कार्यक्रमले विद्यार्थीको अध्ययन गर्ने बानी विकास हुनुका साथै समसामयिक विषयतर्फ पनि रुचि बढ्ने र प्रतिस्पर्धाको भावना जागृत भई ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गर्नुभयो ।प्रत्येक सदनबाट छनोट चरण पार गरेकाहरुबाट २-२ समूह निर्माण गरी ८ समूहका बिचमा भएको प्रतिस्पर्धामा ‘जी’ समूह प्रथम, ‘ए’ समूहले द्धितीय , ‘सी’ समूहले तृतीय र ‘इ’ समूहले सान्वना स्थान हासिल गरे ।
त्यसै गरि कक्षा ७ ,८,९र १० तर्फ सञ्चालन भएको सेवेन साइड फुटबल प्रतियोगितामा ‘एल्लो’ सदनका खेलाडीहरु प्रथम र ‘ग्रीन’ सदनका विद्यार्थीहरु द्धितीय स्थान प्राप्त गरे । उक्त प्रतियोगितात्मक कार्यक्रमहरु शिक्षकहरु जय भण्डारी , ददिराम ज्ञवाली र मिना कुँवरको सञ्चालनमा सम्पन्न भयो ।




