गोविन्द घर्ती, देवदह। रुपन्देहीको देवदहमा संचालित प्रथम टोलस्तरीय सेभेन साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिताको उपाधी कोलुवा शान्ति टोल विकास संस्थाले जित्न सफल भएको छ।
प्रतियोगिता अन्र्तगत भएको फाईनल खेलमा प्रगति बजार टोल विकास संस्थालाई सून्यका विरुद्ध १ गोल गर्दै कोलुवा शान्ति टोल विकास संस्थाले उपाधी जित्न सफल भएको हो । निकै प्रतिस्पर्धा रहेको खेलमा कोलुवा शान्ति टोल विकास संस्थाका खेलाडी जर्सी नम्वर ६ का अमृत सिंजालीले गरेको गोल निर्णायक बन्न पुग्यो । खेलको पहिलो हाफमा दुर्व टिमले कुनैपनि गोल नसकेपछि खेल बरावरीमा सकिएको थियो । दोश्रो हाफको अन्तिम समयमा अमृत सिंजालीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उपाधी विजेता संगै कोलुवा शान्ति टोल विकास संस्थाले नगद १५ हजार संगै ट्रफी र मेडल प्राप्त गरेको छ।
खेलमा उपविजेता बनेको प्रगति बजार टोल विकास संस्थाले नगद १० हजार संगै ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा कोलुवा शान्ति टोल विकबास संस्थाका खेलाडी जर्सी नम्वर ५ का विवेक सिंजाली भएको छ ।
विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दैै देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताउनु भयो । उहाले खेलको माध्यमबाट देवदहको पहिचान स्थापित गर्न सकिने बताउदै खेलकुदको विकासको लागि नगरपालिकाले योजना अगाडि बढाईरहेको जानकारी दिनु भयो । उहाले देवदह नगरपालिकाले खेलाडी पहिचान तथा संरक्षणको लागि यही माघ महिनामा खेल महोत्सवको योजना अगाडि सारेको बताउनु भयो ।
वडास्तरीय खेलकुद विकास समितिको आयोजना र देवदह नगरपालिका–५, को आर्थिक सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । वडास्तरीय खेलकुद समितिका संयोजक नविन लुईटलको अध्यक्षता र संंस्कृति घर्तीको संचालनमा भएको समापन कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे लगायतले बोल्नु भएको थियो ।




