देवदह। नेपाल मगर संघ देवदहको ५ औ अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदस्थापना गरिएको छ । अधिवेशनले किशनबहादुर थापाको अध्यक्षतामा नया नेतृत्व चयन गरेको थियो ।
संघको उपाध्यक्षमा मिलन मास्कीराना, सचिवमा चोलीमाया झेडी, कोषाध्यक्षमा कुलबहादुर आले र सदस्यहरुमा फागुकुमारी सारु, गिरीबहादुर विरकट्टा, चेतबहादुर डिसुवा, विक्रम थापा, प्रितम थापा, जुनु थापा, देवबहादुर सारु, राधा फुंजामगर, अमृता घर्ती निर्वाचित भएको निर्वाचन मण्डलका संयोज यम रानाले जानकारी दिनु भयो । अधिवेशनले कृष्णबहादुर थापा संयोजक ताराबहादुर थापा र दिलु थापा सदस्यमा निर्वाचित भएका थिए ।
निर्वाचन मण्डलका संयोजक यम रानाको अध्यक्षता र नेपाल मगर संघका केन्द्रिय लेखा आयोग सदस्य जसबहादुर पुनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा निर्वाचित अध्यक्ष किसनबहादुर थापाले प्रतिवद्धता व्यक्त गर्दै भाषा, संस्कार, संस्कृतिको संरक्षणमा लाग्ने बताउदै त्यसको लागि सवैको सहयोग आवश्यक रहने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि पुनले पहिचान स्थापित गर्ने गरी नवनिर्वाचितहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मनबहादुर राना, पुर्व जिल्ला सदस्य रिता थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । निर्वाचन मण्डलका सदस्य शोभाकुमारी थापाको स्वागत र गोविन्द घर्तीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




