नेकपा एमालेले चुनावी अभियान अन्तर्गत तिलोत्तमा नगरपालिका–१२ मा निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार दधिराम न्यौपानेले देशको समग्र विकास र जनताको आवश्यकताहरू पूरा गर्न सक्ने पार्टी नेकपा एमाले मात्रै भएको बताउनुभयो। साथै, सुकुम्बासी समस्या समाधानका लागि देवदह नगरपालिकाबाट लालपुर्जा वितरणको सुरुआत गरिएको र बाँकी कामहरू पनि एमालेकै नेतृत्वमा सम्पन्न हुने बताउनुभयो।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले आफू संसदमा रहँदा रुपन्देही क्षेत्र नम्बर १ मा विकासका कामहरू तीव्र रूपमा अघि बढेको स्मरण गर्नुभयो। उहाले सरकार परिवर्तनका कारण केही योजनाहरू अधुरा रहे पनि एमाले पुनः सरकारमा आए ती सबै काम पूरा गरिने उहाँको भनाइ थियो।।
कार्यक्रममा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले नयाँ भनिएका दलहरूसँग जनताको पक्षमा ठोस योजना नभएको आरोप लगाउनुभयो। उहाँले एमालेको नेतृत्वमा विकास र स्थायित्व सुनिश्चित हुने दाबी गर्नुभयो ।
त्यसैगरी, नेकपा एमाले तिलोत्तमा–१२ निर्वाचन परिचालन समितिका संयोजक यादव अर्यालले बजारमा जति नै हल्ला भए पनि अन्ततः जित एमालेकै हुने दाबी गर्नु भयो । नेकपा एमाले तिलोत्तमा–१२ का पूर्व अध्यक्ष डि।बी। भण्डारीको स्वागतमा आयोजित कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव नागेश्वर यादवले गर्नुभएको थियो।




