spot_img
spot_img
spot_img

एमाले बाहेक देश बनाउने स्पष्ट योजना कसैसँग छैन : दधिराम न्यौपाने

spot_img

देवदह । नेकपा एमाले वाहेक मुलुक बनाउने योजना कसैसंग नभएको पार्टीका केन्द्रिय सदस्य दधिराम न्यौपानेले बताउनु भएको छ । उहाले देश विकासको लागि स्पष्ट दृष्टिकोण र योजना आवश्यक रहेकोमा जोड दिनु भयो । नेकपा एमाले देवदह–५, को निर्वाचन परिचालन तथा प्रसार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाले उक्त कुर। बताउनु भएको हो ।

नेकपा एमाले क्षेत्र नम्वर १, रुपन्देहीका प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनु भएका न्यौपानेले देशको हरेक समस्या समाधान गर्ने पार्टी भनेको एमाले भएकोले सूर्यध्वजा वाहक एमाले उम्मेदवारलाई जिताउने गरी लाग्न आग्रह गर्नु भयो । नेता न्यौपानेले दशगंजा देखि पाल्पा जोड्ने पहुँच मार्गको योजनालाई पूर्णता दिनको लागि नेकपा एमालेले जित्न आवश्यक रहेकोमा जोड दिनु भयो। उम्मेदवार न्यौपानेले नयाँ पार्टीहरु प्रति प्रति लक्षित गर्दै सिहदरवार जलाउनेले देश बनाउन नसक्ने बताउनु भयो । नयाँ पार्टी संग देश विकासको लागि कुनैपनि योजना र स्पष्ट दृष्टिकोण नभएको बताउनु भयो । उहाले नेकपा एमाले रुपान्तरण सहित निर्वाचनमा होमिएको बताउनु भयो ।

शाखा कमिटीका ईन्चार्ज विकास गहतराजको अध्यक्षता र गणेश डुम्रेको संचालनमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img