spot_img
spot_img
spot_img

जनअपेक्षा र युवाको चाहनाअनुसार विकासलाई प्राथमिकता दिने: हिराबहादुर खत्री

spot_img

रुपन्देही — रुपन्देही जिल्ला क्षेत्र नम्बर–१ का मतदाताहरूले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिराबहादुर खत्रीलाई मतदान गर्ने बताएका छन्। कृषक, व्यवसायी तथा स्थानीय विकासप्रेमी युवा नेताका रूपमा परिचित खत्रीले क्षेत्रको विकास गर्न सक्ने विश्वासका आधारमा आफूहरूले उहाँलाई विजयी बनाउने मतदाताहरूको भनाइ छ।

सोमबार तिलोत्तमा नगरपालिकाका वडा नं. १५ र १६ का विभिन्न टोल–बस्तीमा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरूले स्थानीय विकासका लागि स्थायी र क्षेत्रमै सक्रिय उम्मेदवार आवश्यक पर्ने बताएका थिए। उनीहरूले पर्यटक वा पाहुना उम्मेदवारभन्दा स्थानीय उम्मेदवारलाई नै जिताउने प्रतिबद्धता व्यक्त गरे।

मतदातासँगको भेटघाटका क्रममा कांग्रेसको विरासत पुरानो भए पनि समयानुसार परिवर्तन हुँदै नवयुवाको चाहनाअनुसार अघि बढेको उल्लेख गर्दै मुलुकको विकास र निकासका लागि कांग्रेस नै उपयुक्त विकल्प रहेको विश्वास व्यक्त गरिएको थियो।

यसै क्रममा उम्मेदवार खत्रीले जनताको अपेक्षा र युवाको चाहनाअनुसार विकास निर्माण तथा सामुदायिक विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले क्षेत्र नम्बर–१ मा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले किसान र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने योजना ल्याउन आफू गम्भीर रहेको बताउनुभयो।

घरदैलो कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर–१ अन्तर्गतका विभिन्न पालिकामा पुगेर मतदातासँग सुझाव संकलन गर्ने कार्य जारी रहेको निर्वाचन परिचालन सचिवालय समिति संयोजक विजय गुरुङले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img