spot_img
spot_img
spot_img

देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, ग्रीन प्लान्ट प्रथम

spot_img

देवदह // रुपन्देहीको देवदहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । देवदह स्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि.को २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि ग्रीन प्लान्ट आवासीय मा.वि.ले हासिल गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले यो कार्यक्रम देवदहकै ब्रान्डका रूपमा स्थापित भएको छ र जिल्लाभरिका विद्यालयको उत्साहजनक सहभागिता रहेको बताउनुभयो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति र आत्मविश्वासमा निखारता ल्याउने भएकाले यसको महत्व अझ बढेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउँदै लैजानु आवश्यक रहेकोऔंल्याउनुभयो।

प्रतियोगितामा ३४  विद्यालयम मध्य दोस्रो चरणमा न्यु होराईजन मा.वि, ग्रीन पलान्ट आवसिय मा.वि, सुनगाभा पब्लिक सेकेण्डरी स्कुल, दिप बोर्डिङ स्कुल, होराईजन गौतम बुद्ध स्कुल र कालिका मानवज्ञान मा.वि प्रवेश गरेका थिए । उक्त प्रतियोगितामा २८५ अंक ल्याएर ग्रीन पलान्ट आवसिय मा.वि प्रथम, १७५ अंक ल्याएर न्यु होराईजन मा.वि दोस्रो, १५५ अंक ल्याएर सुनगाभा पब्लिक सेकेण्डरी स्कुल तेस्रो र १०५ अंक ल्याएर कालिका मानवज्ञान मा.विले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेलाइ क्रमश नगद १० हजार रुपैयाँ, ७ हजार ५ सय, ५ हजार र २ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शुभाकांत न्यौपानेको अध्यक्षता र शिक्षक ढुण्डीराज मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो । हाजिरी जवाफ प्रतियोगिता विद्यालयका +२ कोडीनेटर अनन्तराम भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img