spot_img
spot_img
spot_img

सुकुम्बासी समस्या समाधानको बाँकी काम पूरा गर्छु : प्रज्जवल बोहरा

spot_img

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रज्जवल बोहोरा ले सुकुम्बासी समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताएका छन्।

आजदेखि देवदह नगरपालिका–१० को चरङ्गेबाट सुरु गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै बोहोराले वर्षौंदेखि जग्गा स्वामित्वबाट वञ्चित रहेका सुकुम्बासी नागरिकको समस्या अझै पूर्णरूपमा समाधान हुन नसकेको उल्लेख गरे।
उनले वास्तविक सुकुम्बासीको पहिचान, व्यवस्थित बसोबास र लालपुर्जा वितरण प्रक्रिया छिटो अगाडि बढाउने प्रतिबद्धता जनाउँदै भने, “राजनीतिक नारा मात्र होइन, व्यवहारिक काम आवश्यक छ। सरकारसँग समन्वय गरेर बाँकी कामलाई टुंगोमा पुर्‍याउने जिम्मेवारी म लिन्छु।”

उनका अनुसार अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरसमेत सिर्जना गर्न पहल गरिनेछ।

रुपन्देही–१ क्षेत्रमा सुकुम्बासी बस्तीहरूको संख्या उल्लेख्य रहेकाले यस विषयलाई दीर्घकालीन योजनासहित प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img