spot_img
spot_img
spot_img

देवदह रोड शोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन को दाबी: निर्वाचनपछि राप्रपा बलियो शक्ति बन्ने

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन पछि बलियो शक्तिको रुपमा स्थापित हुने राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले दावी गर्नु भएको छ । उहाले अहिलेको निर्वाचन विशेष भएकोले राप्रपाले मात्र होईन अरु सबैले हलोमा भोट हाल्न आग्रह गर्नु भयो । राप्रपाले आयोजना गरेको रोड शो कार्यक्रम अन्र्तगत रुपन्देहीको देवदह खैरेनीमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

उहाले राजनैतिक दलका नेताहरु नसुध्रेका कारण ०८४ को निर्वाचन अहिले हुन लागेको बताउनु भयो । अध्यक्ष लिङदेनले निर्वाचनले मात्र देशको समस्या समाधान नहुने बताउदै देशको समस्या समाधान गर्न राजा सहितको प्रजातन्त्रका लागि राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले भ्रष्टचार रहित देश निर्माण गरी युवाहरुलाई रोजगारी सृजनाको लागि राप्रपालाई जिताउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले राजनीतिक दलहरुले सुकुम्वासी समस्यालाई निर्वाचनको मुद्दामा बनाउने गरेको बताउदै राप्रपाले मात्र वास्तविक सुकुम्वासी समस्याको समाधान गर्ने दावी गर्नु भयो ।

यसै क्रममा अघिल्लो निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका धनिराम चौधरी लगायतलाई अध्यक्ष लिङदेनले पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा पार्टीका उम्मेदवार प्रज्वल बोहोरा, सहमहामन्त्री ताहिर अली, माधव रिमाल लगायतले आ–आफना भनाई राखेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img