spot_img
spot_img
spot_img

महिलाहरू समाज परिवर्तनका मुख्य शक्ति हुन्: उन्नति बोहरा ‘शीला’

spot_img

देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन देवदहको महिला भेला सम्पन्न भएको छ। रूपन्देही क्षेत्र नं. १ महिला परिचालन समितिकी संयोजक निर्मला जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार एवं राप्रपा उम्मेदवार प्रज्ज्वल बोहराकी माता उन्नति बोहरा ‘शीला’ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उन्नति बोहरा ‘शीला’ले महिलाहरू समाज र राष्ट्र परिवर्तनका मेरुदण्ड भएको बताउनुभयो। “विभिन्न राजनीतिक समिति र परिषद्हरूमा महिलाको सक्रियताले नै देश निर्माणमा सकारात्मक ऊर्जा थप्छ,” उहाँले भन्नुभयो, “राष्ट्रियता र एकताको रक्षाका लागि महिलाहरू अब अग्रसर हुनैपर्छ।”

उहाँले राजनीतिक संघर्षले परिवार र समाजमा ल्याउने रूपान्तरणबारे आफ्ना अनुभव सुनाउँदै वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। समाजलाई अनुशासित र जिम्मेवार बनाउन सचेत नागरिकको भूमिका महत्त्वपूर्ण हुने उहाँको तर्क थियो।

आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिलाई जिताउन अपिल गर्दै उहाँले भन्नुभयो, “नेपालीहरू एकजुट भए देशमा परिवर्तन सम्भव छ, त्यसैले यसपटक हलो चिन्हमा मतदान गरी प्रज्ज्वल बोहरालाई विजयी गराउनुहोस्।”

सहभागीका तर्फबाट बोल्दै सुनिता भाटले स्वर्गीय दीपक बोहराको विकासप्रेमी छवि स्मरण गर्नुभयो। “स्वर्गीय बोहराले यस क्षेत्रको विकासमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँका सुपुत्र प्रज्ज्वल बोहरालाई जिताउनु हामी महिलाहरूको दायित्व हो,” भाटले भन्नुभयो।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तोयानाथ लम्साल, देवदहका निवर्तमान अध्यक्ष माधव रिमाल, र देवदह नगर अध्यक्ष झगरीलाल शर्मा लगायतले बोल्दै चुनावी रणनीतिका बारेमा चर्चा गर्नुभएको थियो।

राप्रपा देवदह महिला समिति अध्यक्ष एवं क्षेत्रीय सदस्य जानकी शाही मल्लको स्वागत मन्तव्यबाट सुरु भएको उक्त भेलामा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img