२ कात्तिक, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक ४ गते नागरिकसँग टेलिफोनमा कुराकानी गर्ने भएका छन । मङ्गलवार फेसबुकमा एउटा तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने बारे जानकारी गराएका हुन । अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने बताउदै नम्बर पठाउनेलाई आफैँ फोन गरेर कुराकानी गर्ने पोस्टमा उल्लेख छ । आउदो चुनावलाई लक्षीत गरेर ओलीले नागरिसंग कुराकानी गर्न खोजिएको बुझिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??