४ कात्तिक, ताप्लेजुङ ।
ताप्लेजुङमा फोहरको थुप्रोभित्र सुनका गहना फेला परेको छ । जङ्गलमा फालिएको फोहरको थुप्रोभित्र बोरामा लुकाईएका ८९ थान सुनका गहना आज शुक्रबर प्रहरीले प्रहरीले फेला पारेको हो । उक्त सुन गएको असोज १७ गते ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेका सुनका गरगहना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई गराएका थिए । ।यसअघि चार जना लुटेरालाई प्रहरीले पक्राउ गर्दा उनीहरूको साथबाट १४३ तोला सुनका गरहगना र नगद छ लाख १३ हजार तीन सय ४० रुपैयाँ प्रहरीले बरामद गरिएको थियो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।