spot_img
spot_img
spot_img

श्रम स्विकृति अब बुटवल र पोखराबाट पनि

spot_img

११ कार्तिक, बुटवल ।

बैदेशिक रोजगारका लागि बिदेश जाने नेपालीहरुका लागि श्रम स्विकृतिका लागि काठमाण्डौ जानु पर्ने समस्या अन्त्य भएको छ। श्रम तथा रोजगार कार्यालय बुटवल र पोखराबाट वैदेशिक रोजगारी सम्बन्धित थप सेवा प्रदान हुने भए पछि उक्त समस्या समाधान भएको हो। यसअघि बुटवल र पोखराबाट पुनः श्रम स्वीकृति मात्रै प्रदान हुँदै आएकोमा अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यसअघि धनगढी, सुर्खेत, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले पुनः श्रम स्वीकृति प्रदान गर्ने काम गर्दै आएका थिए । वैदेशिक रोजगारीसँग सम्बन्धित अन्य सबै काम वैदेशिक रोजगार कार्यालय ताहचल र वैदेशिक रोजगार विभागबाट हुँदै आएको थियो । विभागका अनुसार अब भने वैदेशिक रोजगारीमा जाने व्यक्ति र यससँग सम्बन्धित सरोकारवालाको सहजताका लागि श्रम तथा रोजगार कार्यालय बुटवल र पोखरालाई वैदेशिक रोजगारीसँग सम्बन्धी थप काम गर्ने अधिकारसमेत प्रत्यायोजन गरिएको छ । अब बुटवल र पोखरमा रहेका श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगारीमा कामदार पठाउन निश्चित सङ्ख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि प्राप्त निवेदन लिने र पूर्व स्वीकृति दिने काम हुनेछ ।

यस्तै ऐन अनुसार तोकिएको सङ्ख्या नबढ्ने गरी श्रम स्वीकृतिको स्टिकरको लागि निवेदन लिने र श्रम स्वीकृतिको स्टिकर दिने काम पनि यी कार्यालयले गर्ने छन् भने वैदेशिक रोजगारीको लागि व्यक्तिगत रूपमा विदेश जान चाहनेहरूको निवेदन लिने र व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्नेछन् । म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐन अनुसार विज्ञापन गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्य तथ्य बुझ्ने र म्यानपावर कम्पनीको शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने काम पनि यी दुई कार्यालयबाट हुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img