रुपन्देहीको मायादेवी गाऊँपालिका वडा नं.७ भन्सार चोक स्थितमा भारतबाट नेपाल तर्फ लागुऔषध ओसारपसार हुदै गरेको अवस्थामा मोटर साइकल सहित ३ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाऊँपालिका वडा नं.७ भन्सार चोक स्थितमा भारतबाट नेपाल तर्फ लागु औषध ओसार पसार हुदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको सुरक्षा गस्तीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बर UP.55.N.6346 को मोटरसाईकल रोकेर चेक जाँच गर्दा मोटर साईकल चालक सहित जिल्ला रुपन्देही सम्मरीमाई गा.पा.वडा नं. ७ बस्ने बर्ष २१ का तुल्सी लोध, पछाडी सवार गरी आएका सोही स्थान बस्ने बर्ष २१ को सनि कुमार मिश्र र भारत जिल्ला सिद्धार्थनगर थाना अडिगहवा बस्ने बर्ष १९ को पवन कुमार हरिजनलाई लागु औषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो।
मोटरसाइकल र निजहरुलाई आवस्यक खानतलासी गर्दा मोटरसाईकल चालक तुलसी लोधको साथबाट Vivo कम्पनीको मोबाईल थान १ र पवन कुमार हरिजनको साथबाट Infinix कम्पनीको मोबाईल थान १ बरामद भएको र सोही मोटरसाईकलको विचमा सवार रहेका शनि कुमार मिश्रले आफ्नो छातीमा लुकाई छिपाई गरी राखेको अबस्थामा २.२ एम.एलको झोल सहितको डाईजेपाम ९१ एम्पुल, फेनरागन ७६ एम्पुल र टालजेसीक २२ एम्पुल गरी जम्मा १८९ एम्पुल लागु औषध र निजको साथवाट Realme कम्पनीको मोबाईल थान १ समेत फेला पारी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएको छ।
प्रहरीको नियन्त्रणमा रहेका ती व्यक्तिहरुको थप अनुसन्धान कार्य भईरहेको समेत जानकारी दिएको छ।