spot_img
spot_img
spot_img

युरोपमा गर्मीका कारण एक वर्षमै १५ हजारभन्दा धेरैको ज्यान गयो

spot_img

एजेन्सी ।  विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाभन्दा धेरैको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ। युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्धृत गर्दै विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगले गर्मीका कारण एक वर्षमै १५ हजारभन्दा धेरैको ज्यान गएको जानकारी दिनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।
गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय र जर्मनीमा चार हजार पाँच सयभन्दा धेरैको ज्यान गएको डब्ल्यूएचओले जनाएको छ ।
गएको साउनमा युरोपभर चलेको अतिउष्ण वायुले धेरै जनाको ज्यान गएको फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम चरमरूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौँको ज्यान गएको बताएको छ ।
बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार जनाले चरम तापका कारण ज्यान गुमाएका सङ्गठनले जनाएको छ । अहिले विश्वव्यापी औसत तापक्रममा एक दशमलव एक डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img