spot_img
spot_img
spot_img

रुपन्देही ५ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी लहर तिव्र

spot_img

कञ्चन। रुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर तिव्र रुपमा बढेको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा भरतकुमार शाह र प्रदेश सभाका उम्मेदवार फकरुद्दीन खानको पक्षमा लहर बढेको छ । सोमवार जनता समाजबादी पार्टीका लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर अध्यक्ष अब्दुल मोविन खान र लुम्बिनी साँस्कृतीक नगर प्रमुख पदका उम्मेदवार अमिरूद्दिन मुसलमानले जनता समाजवादी पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रदेश गर्नुभएको छ ।
उहाँहरुलाई रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार भरतकुमार शाह लगायत कांग्रेसका जिल्ला नेताहरुले स्वागत गर्नु भएको थियो ।
यसैगरी रुपन्देही क्षेत्र नं.५ मा लोकतान्त्रिक बाम गठबन्धनले बुधवार आमसभा गर्ने भएको छ । विहान ११ बजे सालझण्डीमा हुने सभामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य आउने कार्यक्रम रहेको छ भने दिउँसो २ बजे लुम्विनी क्षेत्रमा हुने आमसभामा पनि दुबै नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको लोकतान्त्रिक बाम गठबन्धनले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img