एजेन्सीँ । जर्मनीको एक अदालतले १४ महिनाअघि बर्लिन राज्यमा सम्पन्न चुनावमा अनियमितता भएको ठहर गरेको छ । अदालतले मत परिणाममा त्रुटि भएको भन्दै पुनः मतदान गर्न आदेश दिएको छ । बर्लिनको संवैधानिक अदालतले सन् २०२१ को सेप्टेम्बर २६ मा भएको मतदानमा जर्मनीको राजधानी बर्लिनले आधारभूत मूल्यमान्यता पूरा गर्न नसकेको ठहर गरेको समाचार संस्था एएफपीले जनाएको छ । जर्मनी युद्धपछिको इतिहासमा यो दोस्रो घटना हो । यसअघि सन् १९९१ मा ह्याम्बर्गमा भएको मतदानमा अनियमितता भएको पाइएपछि अमान्य घोषित गरिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??