२०५२ सालमा २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर भएका १ ब्यक्तिलाई रुपन्देहीको सालझण्डीबाट पक्राउ गरिएको छ । चोरी मुद्दामा दोषी ठहर भई विगत २७ वर्षदेखी लुकिछिपी वसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको जनाएको हो । देवनारायण थारु र तत्कालिन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना न.पा–०८ वस्ने वर्ष ४९ को थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरे लगत्तै कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??