पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरले पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । आउँदो पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरले पहिलो अन्तर्राष्ट्रिय उडान गर्नेका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ । पोखरा विमानस्थलबाट बुद्ध एअरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने तयारी गरिरहेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??