spot_img
spot_img
spot_img

सम्पत्तिको लागि छोराले गरे अभिनेत्री वीणा कपुरको हत्या

spot_img

एजेन्सी । भारतीय टेलिभिजन सिरियल अभिनेत्री वीणा कपुरको हत्या भएको छ । ७४ वर्षको उमेरमा उनको आफ्नै कान्छो छोरा सचिन कपुरले हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्पत्तिको लोभमा सचिनले यस्तो कदम चालेको भारतीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ

वीणालाई सचिनले बेसबलको ब्याटले कुटेर मारेपछि उनको शव घरबाट ९० किलोमिटर टाढा फालिदिएको आरोप लागेको छ । यस घटनाको जानकारी टिभी अभिनेत्री निलु कोहलीले आफ्नो सामाजिक सञ्जाल मार्फत दिएकी छन् । भारतको जुहु स्थित उनको आफ्नै घरमा उक्त घटना भएको हो । जाहाँ सचिनले आफ्नी आमालाई बेसबलको ब्याटले कुटेर उनको शव माथेरान नदीमा फालिदिएका थिए ।

उनका अमेरिकामा रहेका अर्को छोरालाई शंका लागेपछि जुहु प्रहरी चौकीमा खबर गरेका थिए । अनुसन्धानका क्रममा १२ करोडको फ्ल्याट हडप्न यो कदम चालेको प्रहरीलाई सचिन आफैले बताएको समाचारमा उल्लेख छ । प्रहरीका अनुसार वीणाको छोरा सचिनले उनको हत्या गरेपछि शवलाई फ्रिजको कार्टुनमा प्याक गरेर फ्लेका थियो ।

आरोपित सचिनले ठूलो उक्त शव रहेको बाकस फाल्न नोकरको सहयोग लिएका थिए । वीणा भारतीय टेलिभिजन उद्योगमा एक चर्चित नाम थियो । उनले मेरी भाभी, मित्ते प्यारे नु हाल मुरिदान दा कहना, दलः द ग्याङ र बन्धन फेरो के जस्ता धेरै टिभी शोमा काम गरेकी थिइन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img