spot_img
spot_img
spot_img

लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्ती र ब्याडमिन्टन प्रयोगिता आयोजना गरिदै

spot_img

भैरहवा । नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरंजन प्रदान गर्ने उद्देश्यले कुस्ती र ब्याडमिन्टन प्रयोगिता आयोजना गरेको जनाएको छ । महोत्सव स्थलमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता यही मंसिर २६ देखि २८ गतेसम्म तीन दिन हुने छ । यस्तै, जिल्लास्तरी खुल्ला ब्याडमिन्टन प्रतियोगिता मंसिर २९ र पुस १ गते गरी दुई दिन हुने छ ।

कुस्ती अन्तर्राष्ट्रियस्तरको हुनेछ भने कुस्तीमा नेपालीसँगै भारतीय चर्चित र ख्याती प्राप्त पहलवानहरुले प्रतिस्पर्धा गर्नेछन्। केही वर्ष अघिसम्म सरकारी कर्मचारी, सेना, प्रहरीमाझ लोकप्रिय बनेको ब्याडमिन्टन खेल अहिले युवापुस्ता र अधबैँसेमाझ पनि लोकप्रिय बन्दै गएको छ । अहिले युवादेखि पाकापुस्तासम्मको रोजाइमा ब्याडमिन्टन खेल परेको छ । सुरुमा भैरहवा र बुटवलमा मात्रै ब्याडमिन्टनका लागि कभर्डहलहरु थिए । अहिले जिल्लाका तिलोत्तमा, सैनामैना, देवदहलगायतका ठाउँमा पनि कभर्डहल बनेका छन् । रुपन्देहीमा मात्रै ११ वटा कभर्डहल बनिसकेका छन् । यसबाहेक सरकारी कार्यालयहरुमा पनि दर्जनौं कोर्ट छन् । मुलुकका सबैजसो ठाउँमा ब्याडमिन्टन खेल खेलिन्छ ।

मेला मूल आयोजक समिति उपसंयोजक एवं संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय कुस्ती खेलमा प्रथम हुनेलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतियलाई ११ हजार रुपैयाँका साथै अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । यस्तै, जिल्लास्तरीय ब्याडमिन्टन खेलमा प्रथम हुनेलाई १५ हजार, द्वितियलाई १० हजार र तृतियलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । दुबै खेलका विजेतालाई नगदसहित ट्रफी र मेडल पनि प्रदान गरिने उनले जनाए । ‘महोत्सवले उद्योग, ब्यापार, कृषि, पर्यटनसँगै खेलकुदको विकासमा पनि महत्वपूर्ण योगदान दिनेछ’, श्रेष्ठले भने ।
खेलकुदमा सहभागी हुन पनि ठाउँठाउँमा पुगेर खेलाडीहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img